पुष्टकारी, सेलरोटी र मिठाईका मीठा कुराहरु नेपाली डायसपोरामा
Volume 2 | Issue 5 [September 2022]

पुष्टकारी, सेलरोटी र मिठाईका मीठा कुराहरु नेपाली डायसपोरामा<br>Volume 2 | Issue 5 [September 2022]

पुष्टकारी सेलरोटी र मिठाईका मीठा कुराहरु नेपाली डायसपोरामा

अंशु छेत्री

Volume 2 | Issue 5 [September 2022]

मेरी आमा असमबाट हुनुहुन्छ । उनी बिगौति खान खुब मन पराउनु हुन्छ ।घरमा भर्खर ब्याएको गाई वा भैसीको दुधले यसलाई बनाइने गरिन्छ ।हेर्नमा छेना समान, एक किसीमको कटेज चीज र विशेष भारतीय उपमहाद्विपमा पाइने साथै यसले खास बंगाली मिठाई रोसोगोला पनि बनाइनछ ।बिगौतीको स्वाद गुलियो हुन्छ तर मेरी आमाले अझै चिनी थपेर यसलाई चर्को पार्नु हुन्छ ।

मेरो सम्झनामा ती दिनहरु अझै ताजा छन् जब हजुरबालाई ब्याउने गाईको नजिक जान गाह्रो पर्थ्यो । उहाले डाक्टरको भूमिका निभाउन पर्थ्यो । तर म ती सब हो-हल्ला देखि टाड़ानै बस्ने गर्थे । म र मेरा कसन्सहरु बाछा हेर्ने र रमाउदै बिगौति खानका लागि चुप-चाप एका-अर्कासंग टासिएर बसी रहन्थियौ । गाई ब्याए पछि तुरन्तै मेरी आमा बिगौति बनाउने कार्य तर्फ लाग्नु हुन्थ्यो ।

मेरो बाल्यकालमा, मैले कहिले वास्ता गरिन तर अहिले सोच्ने गर्दछु कि बिगौति बनाउने कार्य सधै मेरी आमालाई सुम्पीने गरिन्थ्यो । उनको माछा पकाउने तरिका परिवारमा सबैलाई मन पर्थ्यो, त्यो एउटा सीप जसमा उनि आफै सीपालु भएकी थिन् । शायद उनलाई कमै  थाहा थियो होला कि एकदिन उत्तर बंगालको पुरुषसित उनको बिहे हुनेछ भनेर ।

बाबाले काम गरेको चिया बगानमा म हाइब्रिड संकृतिको बीचमा हुर्किए । त्यहाँ मैले घनिष्ट सम्बन्ध साझा गरे मेरा दुवै नेपाली र बंगाली छिमेकिसित । यो मेरो परिवारको लागि छक्क पर्ने कुरा थिएन- यस्तो मेल-मिलाप उत्तर बंगालको तराई डुअर्स इलाखातिर देखिन सकिन्छ । मेरो सह परिवारलाई मेरो आमाको मित्रहरुले लक्ष्मी पुजामा निम्तो दिन्थे । तुरन्तै म मेरा साथीहरुसित लुगाको विषय लिएर छलफल गर्न थाल्थे । तर असलमा त मेरो उत्तेजना हुन्थ्यो पायेशको लागि- खिर भन्दा अलिकता भिन्नै, खिचुरी र लाब्रा पछि खाइने गरिन्थ्यो ।

मेरी आमाले आफ्ना देवी-देवताहरुलाई दिवालीमा खीर चड़ाउने गर्नु हुन्थ्यो । यो खान र हेर्नमा  पायेश भन्दा भिन्नै थियो । खजुर गुड़मा होइन तर सेतो चिनीमा बनाउने गर्थिन् । उनी अन्तमा एउटा तुलसीको पात लिएर यस माथि राख्ने गर्थिन् र यसरी नै देवी-देवताहरुलाई पनि चड़ाउने गर्निन्थ्यो । म चीसो खाने उत्सुकतामा एक घन्टासम्म  पर्खी रहन्थे ।

ढकने र पायेशमा धेरै फरक छैन । यो मिठाई त होइन तर एक किसीमको गुलियो पुलाव हो । विशेष चाढ़पर्वमा यसलाई बनाइने गरिन्छ । मलाई पहिलो पटक यसको स्वाद मन परेन । मेरी काकीले यसलाई ठीक ढंगमा नपकाएको स्वीकार गरेकी थिईन । “म अर्को पटक यो सहि ढंगमा बनाउने  छु”, उनले वाचा त्यसपछि दिएकी थिइन् ।

भारत र नेपालको बीच छिद्रपूर्ण सिमानाले गर्दा भारतीय नेपाली र नेपालवासी नेपालीहरु माझ धेरै गलत धारणाको निर्माण भएको छ । धेरै वर्ष अघि देखि नै, भारतमा बसीआएका नेपालीहरुलाई गोर्खा जति भनेर मानिने गरिन्छ । नेपालको गण्डकी प्रदेशमा, एउटा नगरपालिकाको नाऊ, गोर्खा रखिएको छ । यसरी ऐतिहासिक रुपमा वीर गोर्खा सिपाहीहरुको इतिहास यस ठाउँसित जोड़ीएको छ ।

मैले पहिलोपल्ट मेरो छिमेकीको घरमा गुड़-पाक चाखेकी थिए । उनको काठमाडौँ भ्रमणका क्रममा, गुड़-पाकका प्याकेटहरु उपहार स्वरूप, उनको आफन्तले दिएका थिए । म गम्भीर सोचमा परे । जब उहाँले भन्नुभयो कि यसको पकाउने सामाग्रीहरु गाढ़ा दुध र गुड़ हो, म कालाकन्द हो कि संदेश हो भनि सोच्न थाले । मुखमा हाल्न साथ, यसको स्वाद नरम र गुलियो थियो, अलिक चर्को भएपनि, स्वादिलो भएको मैले पाए । मैले टाँसिने अवशेषहरु अव्लाहरुको टुप्पोबाट चाटे र अझै अर्को खान पाइन्छ कि भनेर सोधे ।

कालेबुङ्गमा, हामीलाई एक किसीमको मिठाई दिइने गरिन्थ्यो । म मेरी गुरुमा को होस्टेलमा बस्ने गर्थे । ती मिठाईहरुलाई हामी केन्डी भन्ने गर्थ्यौ । सोची लादा, ती केन्डीहरु केही खास थिएनन् । केबल चिनीको मात्रा बेसी थियो र कलकत्ताबाट यसको डेलीवेरी हुन्थ्यो । हाम्रा गुरुमाका साथीहरु शहरमा थिए र तिनीहरुले उनलाई ती केन्डीहरु पठाउने गर्थे । मलाई याद छ कि विशेष क्रिस्त्मस सिजनको छेउ-छाउ, ती गुरुमाले हामीलाई दिने गर्थिन् ।

यसरी नै, जब पहिलो पल्ट पुष्टकारीको स्वाद लिए, मेरो लागि त्यो प्रकाशको क्षण थियो । मेरो फुपाले बिर्तामोड़, नेपालदेखि ल्याएका थिए र त्यहाँ उनको पत्नीको पनि माइतीघर थियो । तिनीहरु अनियमित आकारका, कड़ा बलहरु थिए । मैले चाड़ै थाहा पाएँ कि तिनीहरु गुड़बाट बनेका थिए र साथमा थियो घिउ, दुध, नरिवल र अन्य नट्सहरु । शुरुमा चबाऊन गाह्रो परे पनि पछि कमुलो हुन गयो । कतीले यसलाई गाड़ा-खैरो रंगले गर्दा, चकलेट ठान्न  सक्छन् । स्थानीय नेपालीहरुले यसलाई उनीहरुको चकलेट संस्करण भन्ने गर्छन् ।

मैले आफ्नोपनको भावना न गुड़-पाक न पुष्टकारीमा पाउँन सके । ती मेरा पहिचानका मिठाईहरु थिएनन् । मलाई रसमलाई खान मन पर्छ । यसले मेरो पहिचानको बारे के बुझाउन सक्छ?

दार्जीलिंगको विषयमा धेरै कथाहरु लेखिएका छन् तर कालेबुङ्गमा आधारित कथाहरु थोरै नै पाइन्छ । मैले जीवनको नव वर्ष त्यहाँ छात्र भइ बिताए। कालेबुङ्गमा पाइने विशेष ललिपप अति प्रचलित छ । यस्तो भनिन्छ कि आन्द्रॆ बट्टी नाम भएको स्विस फादरले सन् १९५० मा यसको शुरुवात गरेका थिए । यी ललिपपहरु बजारे पसलहरुमा बिक्ने ललिपप्स जस्ता हुदैनन् । कालेबुङका उत्कृष्ट ललिपप्स हेर्नमा चुरोट जस्तै देखिन्छ र रंग पनि गाड़ा खैरो हुन्छ । यसको समुद्ध स्वाद दुध, घिऊ र चिनीबाट आउने गर्छ । म त्यो सानो शहरबाट बाहिर निस्केको बर्षौ भैसक्यो तर हरेक पटक फर्कन्दा, म आफैलाई एक प्याकेट किन्न नीशचित गर्छु र उकाली र ओराली हिड़दै, म त्यसको मीठो स्वादमा डुबी, ती स्वीस फादरका दिनहरुलाई आफ्नो सम्झनामा ल्याउने गर्दछु ।

कुनै पनि चाड़-पर्व नेपाली डायसपोरामा, सेलरोटीको बिना अधुरो भएर जान्छ । यसलाई पकाउने तरिकाहरु धेरै छन् तर मलाई मेरो फुपूले बनाउनु भएको सेलरोटी अति नै मीठो लाग्छ । सर्वप्रथम ब्याटर तयार गर्दा उनि भिजेको चामललाई ओख्लीमा पिस्छिन् । उनी त्यसपछि त्यो थोरै दानेदर पीठोमा दुध, चीनी, घिऊ, पानी र अन्य मसालाहरु मिसाउने गर्छिन् । मेरो फुपुकोमा परम्परायत लोहाले बनिएको कराई-ताई छ ।यसलाई उनी माटोको चुल्हामा राख्छिन् । बाल्यकालमा उनी मलाई आगोदेखी टाड़ा बस्ने हुकुम दिन्थिन् । यसको कारण सेलरोटी तातो तेलमा बनाईन्छ र केवल एक विशेषज्ञ हातले यसलाई ह्यान्डल गर्न सक्छ ।

धेरै बर्षको अनुभवले गर्दा, फुपु आफैलाई आगोदेखि जोगाउन जान्दछिन् ।उनले ब्याटरमा हाथ डूबाऊदै, त्यसको स्थिरता जाँच गर्नु हुन्छ । एक पटक सन्तुष्ट भएपछि, उनी आफ्नो हत्केलाको छेउबाट ब्याटर स्कूप गर्दै, तातो तेलमा सजिलैसितले नाप मिलेको रिङ्ग बनाउन थाल्नु हुन्छ । यस समय उनको ध्यान तातो तेलमा एक टक हुन्छ । यसको बनाउने तरीका जलेबी संग मेल खान्छ तर सेलरोटी बनाउने सीप कृत्रिम शंकु वा पाइप भन्दा हाथमा आधिक निर्भर हुन्छ ।

जब ब्याटरले तुरन्तै आफ्नो रंग परिवर्तन गर्दछ, झीरको सहायताले सेलरोटीलाई पल्टिने गरिन्छ र तेलबाट बाहिरपनि यसैलेनै निकालिने गरिन्छ । मेरी फुपूलाई यो प्रक्रिया राम्ररी थाहा छ । उनले तेलको राँप लिदै र नाक खुम्चावदै, पाकिसकेका सेलरोटीलाई एउटा बाँसको टोकरीमा राख्ने गर्छिन् । यो हेर्नमा त सजिलो देखिन्छ तर म धेरै चोटी सेलरोटी बनाउनमा असक्षम भएकी छु ।

नेपाली आलू-दमसित सेलरोटीको स्वाद अझ बड़ेर जान्छ । यसको स्वादमा लसुन र खोरसानिको कड़ा फ्लेवर हुन्छ र रंग उज्यालो रातो हुन्छ । फुपूले यसलाई पक्कु- सुक्खा मसालामा ढीलो पाकेको मासुसित दिने गर्नु हुन्छ ।

सेलरोटी हेर्नमा अमेरिकन डोनट संग पनि मेल खान्छ तर डोनटको आकार सानो हुन्छ । खाँदा, यसको मीठो-चिल्लो तेल/घिऊको स्वादले मुखलाई भिजाई दिन्छ । आजको समयमापनि यो त्यतीनै प्रचलित छ जब यसको तुलना ८०० वर्ष अघिको युगसंग गरिन्छ ।

यसलाई कोठाको तापमानमा धेरै दिनको लागि भण्डारण गर्न सकिन्छ । मलाई ग्यास-चुल्हाको आगोको राँपमा यसलाई गरम गरेर र हल्का डड़ाएर खान मनपर्छ । हिउँदको ढुस्स परेको बिहानीपख, गरम गरिएको सेलरोटी र रातो चिया खाँदा हर्षले मन रमाउने गर्छ । म पहाड़लाई हेर्दै सेलरोटीको मीठो स्वादपनि साथमा लिने गर्छु।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

oneating-border
Scroll to Top
  • The views expressed through this site are those of the individual authors writing in their individual capacities only and not those of the owners and/or editors of this website. All liability with respect to actions taken or not taken based on the contents of this site are hereby expressly disclaimed. The content on this posting is provided “as is”; no representations are made that the content is error-free.

    The visitor/reader/contributor of this website acknowledges and agrees that when he/she reads or posts content on this website or views content provided by others, they are doing so at their own discretion and risk, including any reliance on the accuracy or completeness of that content. The visitor/contributor further acknowledges and agrees that the views expressed by them in their content do not necessarily reflect the views of oneating.in, and we do not support or endorse any user content. The visitor/contributor acknowledges that oneating.in has no obligation to pre-screen, monitor, review, or edit any content posted by the visitor/contributor and other users of this Site.

    No content/artwork/image used in this site may be reproduced in any form without obtaining explicit prior permission from the owners of oneating.in.